You are viewing the translated version of प्रहरी कर्मचारीको विवरण तयार गर्ने.
Section 4
प्रहरी कर्मचारीको विवरण तयार गर्ने
(१) मन्त्रालयले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र प्रहरी कर्मचारी समायोजन गर्ने प्रयोजनको लागि प्रहरी कर्मचारीको विवरण तयार गर्नेछ।
(२) उपदफा (१) बमोजिम विवरण तयार गर्ने प्रयोजनको लागि मन्त्रालयले राष्ट्रिय किताबखानामा रहेको प्रहरीको विवरणलाई आधार लिनेछ र आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयसँग प्रहरी कर्मचारीको विवरण माग गर्न सक्नेछ। त्यसरी माग गरिएको विवरण प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउनु पर्नेछ।